काठमाडौं । मेलम्ची नदीको बहाब बढेर बाढी आई पानी धमिलो हुन थालेपछि खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ । सोमबार साँझदेखि पानीको आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको हो ।
माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा समेत क्षति पुगेको जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।






