मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा नजिक पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मनहरी गाउँपालिका–७ बिजौना निवासी २४ वर्षीय विशाल प्रजालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन लगिएको थियो। तर पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मिति २०८२ साल असार २७ गते राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा राक्सिराङ गाउँपालिका–३ का १८ वर्षीय दीपक दोङ गम्भीर घाइते भएका छन्। उनको बायाँ तिघ्रामा गहिरो चोट लागेको छ भने मोटरसाइकलमा पछाडि सवार धुंगेनी निवासी २४ वर्षीय पिटर तामाङ सामान्य घाइते भएका छन्। यस्तै अर्का मोटरसाइकल चालक, मनहरी गाउँपालिका–६ बिजौना निवासी २४ वर्षीय निरज राना प्रजाको दुबै हातमा सामान्य चोट लागेको छ। प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय