करिब एक हजार अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरू अमेरिकी सरकारले चार्टर्डमार्फत इजरायलबाट उद्दार गरेको छ ।अमेरिकी सरकारले गत शुक्रबारदेखि ‘अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई हवाई र समुद्री मार्गबाट ४ हजार भन्दा बढीलाइ उद्दार गर्ने योजना बनाएको थियो । जसका लागि ४ हजार सिट प्रस्ताव गरिएको थियो ।

तर त्यो भन्दा निक्कै कम अमेरिकी स्वदेश फर्किएका छन । इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तिमा बिहीबारसम्मसुविधायुक्त उडानहरू जारी रहने अमेरिकाले जनाएको छ । ३ हजारभन्दा बढी थप अमेरिकी नागरिकहरूले सफलतापूर्वक इजरायल र वेस्ट बैंकबाट व्यावसायिक हवाइजहाज, भूमि सीमा वा अन्य माध्यमबाट त्यहाँवाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय