सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर अर्थात करिव दुई अर्ब ६२ करोड बराबर अनुदान लिने प्रक्रिया अघि बढाएको छ । न्त्रिपरिषद बैठक अनुदान प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले सरकारले दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुनःउत्थान, जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधामार्फत १५ लाख ५५ हजार ५ सय ५ अमेरिकी डलर सहायता स्वीकार गरेको छ । त्यस्तै सरकारले एशियाली विकास बैंकबाट सय मिलियन अमेरिकी डलरको बजेटरी सहायताको रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिने निर्णय गरेको छ । त्यसका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ ।

त्यस्तै सरकारले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ । निक साइमण्ड्स इन्स्टिच्युटले विश्व स्वास्थ्य संगठनबाट प्राप्त गर्ने पुरस्कार रकम अमेरिकी डलर २० हजारमा असुल गर्नुपर्ने आकस्मिक लाभ कर सरकारले छुट दिएको छ ।

राष्ट्रिय बीउ बिजन समितिको सदस्यमा अग्निप्रसाद अर्याल, शारदा निरौला, रामजीप्रसाद सापकोटा र प्रेमाकुमारी अधिकारीलाई नियुक्त गरेको छ । द्र्ुतमार्गको खोकना इलाकाको जग्गा प्राप्तिका लागि उपप्रधान एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप भएको छ ।

बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति पनि गठन गरेको छ । सरकारले मन्त्रीपरिषद् आर्थिक पूर्वाधार समितिबाट पेस भएको जलवायु परिवर्तन न्युनिकरण तथा अनुकुल राष्ट्रिय कार्यान्वयन योजना स्वीकृत गर्ने, मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावलीलाई पनि स्वीकृत गर्ने, मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय