युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राख्दै एक साताभित्र दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जनाएको छ ।

पुलको एउटा खण्ड ध्वस्त भएको भिडियो सार्वजनिक भएको छ । त्यो पुल क्रेमलिनले आफ्नो सेनालाई सामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो । सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनले रुसी भू–भागमा सबैभन्दा ठूलो आक्रमण गरेको दुई साता पुगेको छ । युक्रेनले यो हप्ताको सुरुमा ग्लुसकोभो शहर नजिकै सेम नदीमा अर्को पुल ध्वस्त पारेको थियो । एक हप्ता अघि अप्रत्याशित आक्रमण सुरु गरेको युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो ।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको बताइएको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भू–भागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो । युक्रेनले रुसमाथि कब्जा गर्न नचाहेको तर रुसलाई वार्तामा आउन मनाउन चाहेकोमा जोड दिएको छ । मस्कोले आक्रमणलाई ठूलो उक्साहट भन्दै बदला लिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय