काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्गीय कृष्णबहादुर खत्रीलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका–८ साविक मातातीर्थ गाविसमा २०५४ सालमा राप्रपाबाट उपाध्यक्षमा निर्वाचित भएका खत्रीलाई लिङ्देलले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनले आफ्नो जीवन कालमा राप्रपामा रहेर जनताप्रति सदैव बफादार रही समाज र देशको सेवामा समर्पित रहेका खत्रीको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले खत्रीका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै समवेदना प्रकट गर्नुभयो । खत्रीको ७४ वर्षको उमेरमा गत कात्र्तिक ७ गते निधन भएको थियो ।

साथै समवेदना कार्यक्रमपश्चात लिङ्देन हरिबोधिनी एकादशी पर्वको अवसरमा चन्द्रागिरि–९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरको दर्शनसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय