काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल बिहानै राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको हो । भेटमा प्रधानमन्त्री दाहालले संसदको गतिरोध र आगामी बजेटको तयारी लगायतका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको बताइएको छ ।

राष्ट्रपतिले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव दिनुभएको सचिवालयले जानकारी दिएको छ ।

जवाफमा प्रधानमन्त्री दाहालले आफू सहमतिमा समस्या समाधानको पक्षमा रहेको र संसदको गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय