काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले मनोनयन दर्ता गरेका छन् ।

कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई जना सदस्यका लागि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेस र महिला तर्फ नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको थियो ।
सिटौलालाई नेपाली कांग्रेसका प्रदेश सांसद प्रदीप सुनुवार प्रस्तावक र काग्रेस कै प्रदेश सांसद हिमाल कार्की समर्थन रहेका छन् । यसैगरी चम्पादेवी कार्कीलाई माओवादी केन्द्रका प्रदेश सांसद गणेश प्रस्तावक र नेपाली कांग्रेसका प्रदेश सांसद रामकुमार खत्री समर्थक रहेका छन् ।

उम्मेदवारी दर्ता पछि सिटौलाले आफ्नो उम्मेदवारी मापदण्ड अनुसार नै सर्वसम्मत भएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय