सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा जबर्जस्ती करणी पछि मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् । पञ्चायतीमा संलग्न वडा सदस्य सहित चार जना पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार पक्राउ पर्नेमा वडा सदस्य नथुनी साह सहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् ।

उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र पासवानले जन्कारी दिनुभएको छ । यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो । सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय