लघुवित्त पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्। लघुवित्त पीडितहरूले संसद परिसरमा नाराबाजी समेत गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन्।

संसद परिसरमा प्रवेश गरेका लघुबित्त पीडीतहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार निषेधित क्षे‍त्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक जना पुरूषलाई नियन्त्रणमा लिएको छ। उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, गरिब किसानहरूलाई निस्शुल्क ऋण प्रदान गर्नुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्दै आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय