काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा शनिबार काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका गृहमनत्रीले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने बताए ।कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने उनको दावी छ ।नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गरिने र यसले काठमाडौं शहरलाई चलायमान र क्रियाशील बनाउने बताउदै काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे ।गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।

 

नयाँ बर्षको अवसरमा उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई शुभकामना दिँदै लड्डु बाढेका थिए ।उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय