काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा सुञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । कीर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा राउत पक्राउ परेका हुन् । प्रहरीले ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई आज पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिएको छ । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय