काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले बहुचर्चित ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न प्रहरी परिचालन गरेका छन् । ललिता निवासको जग्गामा तारबार लगाउन काठमाडौं महानगर प्रहरी बालुवाटार पुगेको हो । ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । महानगरको टोलीले त्यहाँभित्र रहेको अस्थायी संरचना तत्काल हटाउन अल्टिमेटम दिएको छ । निवास परिसरमा निर्माणाधीन राष्ट्र बैंक भवनका सामानहरु राखिएको छ । महनगर प्रहरीले त्यहाँ कार्यरत कामदारहरुलाई समेत हटाउन अल्टिमेटम दिएको हो । सो प्रकरणका चार आरोपीलाई केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय