काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उदयपुरका अविनाश राईलाई पक्राउ गरेको हो । उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको छ । प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।



राइकोे दाहिने खुट्टामा गोली लागेको छ,उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।



