नेपाल वाफ महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रिति राईले एक एक गोल गरे । लेबनानका लागि एक आत्मघाती गोल पूजा रानाले गरिन । खेलको ३८ औँ मिनेटमा रानाको आत्मघाती गोलमा पछि परेको नेपालले पुनरागमन जित निकालेको हो ।
भण्डारीले ७६ औं र राईले इञ्जुरी समयमा गोल गर्दै नेपाललाई जित दिलाएका हुन । यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । नेपालले अब उपाधिका लागि जोर्डनसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगेको हो ।






