राजविराज । सप्तरीमा जंगली जनावरलाई लक्षित गरि जडान गरिएको विद्युत धरापमा परी एक दम्पतिको मृत्यु भएको छ

जिल्लाको कंचनरुप नगरपालिकामा यो घटना भएको हो । वडा नम्बर ५ पिप्रा पुर्व बस्ने ५० बर्षका बद्री सरदार र उनकी ४५ बर्षकि पत्नी बिमला देवीको यसरी ज्यान गएको हो ।

शनिबार राती आफ्नो खेतमा काम गरि फर्किरहेका दम्पतिको विद्युत धरापमा परी ज्यान गएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

विद्युत धराप लगाउने दुर्गानन्द चौधरी र महेन्द्र चौधरीलाई आवस्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय