काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले रोकेको हो । प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ ।

निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पोष्टर राखेरै कार्यक्रम गर्न खोजेपछि रोग लगाइएको प्रहरीले जनाएको छ। प्रसाईं यसअघि पटक पटक सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ परेर छुट्दै आएका थिए । जेनजी आन्दोलनपछि प्रसाईं ६ पटक पक्राउ परिसकेका छन् ।

विमानस्थलको आन्तरिक टर्मिनलमा प्रसाईंले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको बारेमा सम्बोधन गर्ने कार्यक्रम राखेका थिए । नागरिक बचाउ महाअभियानको व्यानरमा गर्न लागिएको कार्यक्रममा सम्पूर्ण अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुन आग्रह गरिएको थियो ।

प्रहरीले कार्यक्रम गर्न रोक लगाएर भक्तपुरस्थित निवासमा लगेर छाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय