उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । अन्य १ सय ५० जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागिमा दुलहा र दुलहीसमेत मृत्यु भएको छ । भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो ।इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ पौने ८ बजे आगलागी भएको हो ।
आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ । इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले अग्नि नियन्त्रकहरूले आगो निभिरहेको देखाएको छ । सामाजिक सञ्जालमा स्थानीय पत्रकारहरूका तस्बिरहरूले कार्यक्रम हलको जलेको अवशेष देखाएका छन् । इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयासहरू परिचालन गरिएको बताएका छन ।






