पाँचथर । पाँचथरको उत्तरी फालेलुङ गाउँपालिका–५ को डाँडा गाउँमा विष्फोटमा परि घाईते भएका मध्ये दुई जना बालबालिकाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ ।
पाँचथरका डिएसपी हेमन्त भण्डारीले ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रियसा साँवालाई रेफर गरिएको हो । उनीहरुको शरिरको विभिन्न भागमा चोट लागेको छ । एम्बुलेन्समा झापा रेफर गरिएको हो ।



घाइते ११ वषीय पवन राईको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । सामान्य घाइते ७ वर्षीय दिपशन राईको स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक बालिका घाइते भएका थिए । स्थानीय आईतराज केरुङको घरमा विस्फोट भएको थियो । ग्रिनेट विष्फोट भएको अनुमान छ । घरमा अर्को विष्फोटक पदार्थ पनि भेटिएको स्थानीय बताएका छन् ।
विष्फोट भएको हो तर के हो भन्ने खुलिनसकेको डिएसपी भण्डारीले बताए । बिहीबार दिउँसो विस्फोट भएको स्थानीयले बताएका छन् ।



