वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ । नेपालको नागरिकतासम्बन्धी कानुन विपरित प्रमुख सिंहले आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका हुन् । उनले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको खुलासा भएको हो ।






