काठमाडौं । क्यानडामा एक शिख नेताको हत्या भएपछि भारत र क्यानडाबीच तनाव बढेको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा क्यानडेली कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन टुडोले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । त्यसलगत्तै क्यानडाका विदेशमन्त्री मेलानी जोलीले आफ्नो देशमा रहेका भारत सरकारका प्रमुख कूटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरिन् ।

भारतीय विदेश मन्त्रालयले भने क्यानडेली प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै एक वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ । उनलाई भारत छा्ड्न ५ दिनको समय दिइएको छ । क्यानडामा करिब १४ लाख भारतीय मूलका मानिस रहेका छन् ।
४५ वर्षीय निजारको ब्रिटिस कोलम्बियाको सर्रे स्थित एक शिख मन्दिरमा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय