शेयर बजार आज आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको हो । आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज कुल २ सय ४७ वटा कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढ्ेको छ । १ सय ५९ कम्पनीको सेयर मूल्य घट्ेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय