शोणितपुर धा बाजा खःलले सञ्चालन गरेको तीनमहिने धा बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कजि रामकुमार देशारको सभापतित्वमा आयोजित समापन कार्यक्रममा नासः द्यःको पूजा गरी प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा समापन गरिएको हो।
समापन कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नगर प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीलगायत जनप्रतिनिधि, प्रशिक्षार्थी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रशिक्षणका मुख्य प्रशिक्षक तथा धा बाजा विशेषज्ञ कृष्णहरि भक्तगोपाली र बाजा विशेषज्ञ एवं अनुसन्धानकर्ता इचु शाक्यलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। प्रशिक्षण सञ्चालनमा सहयोग गर्ने विभिन्न बाजा समूह तथा सहयोगीहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।






