काठमाडौं । श्रीमानले श्रीमतीलाई खुकुरी प्रहर गरेर गम्भीर घाईते बनाएका छन् । इलाम नगरपालिका– १ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया श्रीमती टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो । घाईते मुखियालाई इलाम अस्पतालमा लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापा लगिएको छ ।



श्रीमती मुखियालाई खुकुरी प्रहार गरेर फरार रहेका राई घर नजिकै रुखमा झुुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



