काठमाडौं । संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक बस्दैछ ।
सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित समिति कार्यबिधि र कार्ययोजना बनाइसकेकाले आजको बैठकले अनुसन्धान टोली, आवश्यक कागजात कहिलेसम्म संकलन गर्ने र भेट गर्ने व्यक्तिलगायतका विषयमा निर्णय गरिने छ । आजको बैठकले ठोस निर्णय गरेपश्चात समिति विस्तृतरुपमा अगाडी बढ्ने छ ।



सिंहदरबारस्थित समितिको कार्यलयमा दिउँसो २ बजे बैठक बस्नेछ ।



