राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति भैसकेपछि पौडेलले शनिवार या आईतबारका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन । राष्ट्रपति भइसकेपछि सबै दलको नेतासँग छलफल नभएकाले सर्वदलीय बैठकमार्फत पौडेलले संसदको गतिरोध अन्त्यका विषयमा परामर्श गर्ने तयारी गरेका हुन ।

यसअघि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटेर पनि उनले संसदको गतिरोधका विषयमा चासो प्रकट गरेका थिए । लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै गतिरोध अन्त्यका लागि भेटमा उनले प्रधानमन्त्री सहित दलका नेतालाई आग्रह गर्दै आएका छन ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय