राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित एक गोदामबाट २४ क्विन्टल बढी गाँजा, स्याउसहितका अबैध समान बरामद भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको रुपनी–राजविराज सडक खण्डसँगै जोडिएको उक्त गोदामबाट २४ क्विन्टल १९.५ किलो गाँजा, स्याउसहितका अबैध समान बरामद गरिएको हो ।
गोदाम परिसरमा एउटा ट्रकबाट अर्को ट्रकमा स्याउ लोड भइरहँदा शंका लागेर चेकजाँच गर्दा गोदामभित्र गाँजासहितका सामग्री बरामद भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । उहाँले गोदामबाट कपडा, सुर्ती, स्यानेटरी प्याड पनि बरामद गरिनुका साथै दुई वटा भारतीय नम्बर प्लेटको चार चक्के गाडी (कार र स्कारपियो) समेत बरामद भएको छ ।






