काठमाडौं । १५ बुँदे घोषणापत्रमा चार दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन् । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा समाजवादी मोर्चाको घोषणा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यवस्था बदलिय पनि अवस्था उस्तै रहेको बताउनु भयो । उहाँले राजनीतक रुपमा प्रणालीलाई बदले पनि शासन प्रणाली पुरानै हुँदा नेपाल भन्दा पछाडि रहेका देशहरु अहिले विकसित र सम्पन्न भइसकेको उल्लेख गर्नुभयो ।



त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश अत्याशलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । उहाँले देशको अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै समाजवादी मोर्चाको घोषणा गरिएको र आजको संकटबाट पश्चगामी र प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिन नहुने बताउनु भयो । महासचिव चन्दले देशमाथी आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने र जनताको अधिकारको लागि एकै ठाउँमा उभिएर लडाई अगाडी बढाउनु पर्छ भन्ने उद्देश्यले समाजवादी मोर्चाको अवधारणा अगाडी बढाइएको स्पष्ट पार्नुभयो ।



