काठमाडौं । नेकपा एमालेले सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिइएको चौथो दिनको यात्रा आज कर्णाली प्रदेश प्रवेश गर्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै हिडेको टोली सुदूरपश्चिमको यात्रा सकेर आज कर्णाली प्रदेश प्रवेश गर्न लागेको हो ।



मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पूर्वी सीमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।



