काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नालायक हुँदा देशलाई ग्रहण लागेको टिप्पणी गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विषयमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा पुगेको बताउनु भएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भारत भ्रमणको क्रममा भारतसँग देशका बारेमा केही बोल्न नसकेको र कौडीको मूल्यमा नेपालका नदीनाला सुम्पिएर आएको आरोप लगाउनु भयो । अहिलेको गठबन्धन दल एमालेको विरोध गर्दैमा समय खर्चिरहेको उल्लेख गर्नुभयो । ओलीले एमालेलाई कमजोर बनाउन एमाले नेतृत्वको सरकार ढालेर पार्टी फुटाएर अनेक गर्दा पनि एमाले टसको मस नहल्लिएको बताउनु भयो ।



उहाँले देशको सुन्दर भविष्यका लागि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्ने दाबी गर्नुभयो ।



