काठमाडौं । भारतबाट नेपालमा आयात गरिएको विद्युतको समय थप चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युतको समय थप चार घण्टा बढाएर बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतको ढल्केबर–मुजफ्फरपुरबाट ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएकोमा विद्युतको समयावधि बढाएपछि दैनिक ६ सय मेगावाट विद्युत आपूर्ति भएको बताउनु भयो ।



६ सय मेगावाट विद्युत आपूर्तिभएसँगै औद्योगिक क्षेत्रहरूमा भएको विद्युत आपूर्ति कटौती साँझ ५ बजेसम्म निर्वाधरुपमा संचालन हुने भएको कार्यकारी निर्देशक शाक्य बताउनु हुन्छ ।



