काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि सहयोग,राहत र उद्दारका लागि एकद्वार प्रणाली लागू गर्ने बताएका छन् । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकलाई सम्बोधन गर्दै उनले पीडितको नाममा विभिन्न संघसंस्थाले पैंसा उठाउने गरेको भन्दै यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्ने बताएका हुन । प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमार्फत जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत र सहयोग उपलब्ध गराइनेपनि स्पष्ट पारे ।

प्रधनमन्त्री दाहालले नियमित विधि प्रणालीहरुबाट पुनः स्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न नसकिने पनि स्पष्ट पारे । पुनःस्थापनका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचनाको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले विपद्पछि मात्रै विपद्का लागि आवश्यक सामग्रीहरु खोज्ने क्रमलाई अन्त्य गर्न ७७ जिल्लामा नै विपद् आउँदा चाहिने सामग्रीहरु संकलन गर्ने संरचना बनाइने घोषणा पनि गरे र विगतका अनुभवहरुको पनि समीक्षा गरेर प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनः स्थापनाका लागि केही दिन अध्ययन गरी निर्णय गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । कम र बढी जोखिम रहेका स्थलहरुको अध्ययन गरी बस्ती बसाउनुपर्ने आवश्यकता समेत प्रधानमन्त्री दाहालले औल्याए । प्रधानमन्त्री दाहालले जोखिम अझै कायम रहेकाले सबैले सजग र शतर्क हुनुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय