प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन । आज काठमाडौंमा वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि आयोगमार्फत छानबिन गर्न नमानेको बताएका हुन । अध्यक्ष ओलीले सरकारले आयोगलाई सुन तस्करी छानबिन नभईे तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी समेत उनको थियो । अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाईल खोल्न पनि सरकारलाई चुनौति समेत दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भ्रष्टाचारका फाईल खोले सत्तारुढ दलकै नेता जेल जाने जिकिर गरे । प्रधानमन्त्री दाहालले जनताको आवाज संसदमा उठ्न नदिनका लागि संसद लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको उनको आरोप थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टान्त पेश गर्दै विदेश भ्रमणमा जाँदा किन संसद बैठक स्थगित गर्नुपरेको ? भनि अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे । अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको पनि दोहो¥याए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय