जिल्ला कारागार सर्लाहीबाट पनि कैदी बन्दीले भाग्ने प्रयास गरेका छन । बुधबार बिहान एक्कासी कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गरेका हुन । कैदी बन्दीहरुले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागार घेराहालेर बसेको छ ।

कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका उनीहरु अहिले सुरक्षाकर्मीको बलियो घेरामा रहेका कारागारका प्रमुख बिशाल चौधरीले जानकारी दिनुभयो । कैदी बन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उहाँले जानकारी दिनुभयो ।

‘‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो ।’’ कारागार प्रमुख चौधरीले भन्नुभयो, ‘‘तत्काल नेपाली सेना, कारगार सुरक्षाकर्मी समेतले घेराहाले पछि अहिले अबस्था नियन्त्रमा आउने क्रममा छ ।’’ कैदी बन्दीले लगाएको आगो पनि बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइहेको एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

१६० जना पूरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पूरुष गरी ३९८ जना थुनामा छन । जेन जीको आन्दोलनका क्रममा अन्य कारागारबाट कैदी बन्दी फरार भइरहेको खवर आइरहेको सुने पछि यहाँका कैदी बन्दीले पनि कारागार तोडेर भाग्ने प्रयास गरिरहेका हुन ।

यस्तै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभए सम्मको बिहान ८ः३० बजेबाट सर्लाहीमा कफ्र्यू आदेश जारी गरेको छ । ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गर्नु भएको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमाना सम्म चार किल्ला भित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ । यस चार किल्ला भित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ ।

कफ्र्यू अवधीमा पनि अत्यआवश्यक सेवाका एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कुटनीतिक नियोगको सवारी संचालनमा भने सहजीकरण गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय