सल्यान- सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । राप्ती राजमार्गको दाङ्ग रुकुम सडक खण्डमाको बागचौर नगरपालिका–२ थारमारे ठिङबाङमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीले बिहान ११ बजे रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार घाइते १४ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । १० जना भने सामान्य छन् ।
गम्भीर घाइते ४ जनालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटनामा घाइतेको थप विवरण आउन बाँकी रहेको छ ।






