प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार मन्त्रिपरिषद् हेरफेर गरेकाछन् । मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो ।जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाइएको छ।

माओवादी कोटाका एक मन्त्री हटाएर जनमतलाई सरकारमा लैजान लागिएको हो । अर्का एक मन्त्रीलाई पनि फिर्ता बोलाएर सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने बुझिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने चर्चा केहिदिन यता चलेकोे थियो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय