सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको छ । ती व्यक्तिको परिचय खुलाइएको छैन ।

यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको थियो । पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय