सिन्धुली, साउन ९, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ शितलपाटीस्थित बीपी राजमार्ग सडक खण्डमा गम्भीर सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

मंगलबार राति करिब १२:५० बजे काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप सडकबाट करिब ५०० मिटर तल खोंचमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मकवानपुर मनहरी गाउँपालिका–४ का चालक निरज रेग्मी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी चालकका दाजु धर्मराज रेग्मीलाई उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल, खुर्कोटमा लगिएको थियो। तर चिकित्सकले उनलाई बिहान ३:४५ बजे मृत घोषणा गरेका छन्। मृतकको शव पोस्टमार्टमका लागि सिन्धुलीतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय