काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले बिहीबार गृह मन्त्रालयमा पुगेर प्रतिवेदन बुझाएको हो । आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण सहितको प्रतिबेदन सरकारलाइ बुझायको हो । समितिले सुन तस्करीका महत्वपूर्ण सिफारिसहरु सरकारलाई गरेको छ । विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यकोे नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए । आयोगका सदस्यहरुले विभिन्न सीमा नाकामा गएर स्थलगत अध्ययन समेत गरेको थियो । सुन तस्करी आरोपमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।



सुन तस्करी प्रकरणका सम्बन्धमा नेकपा (एमाले) लगायत दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका थिए । गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच आयोग गठन गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार २०८० असोज १४ गते मन्त्रिपरिषद्ले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।



