काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउनु अघि सिआइबीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । ५० जना प्रतिवादी मध्ये ३२ जनालाई पक्राउ गरिएको र १८ जना फरार रहेका छन् । फरारमध्ये १४ जना विदेशी र ४ जना नेपाली नागरिक रहेका छन् । पिआइबीले सबै जनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी माग गरेको छ ।






