काठमाडौं । यात्रुबाहक बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध गरिएको छ । वेपत्ताका आफन्त र स्थानीयले मध्य पहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी सडक खण्डको फिक्कल गाउँपालिका–२ नवलपुरमा राजमार्ग अवरुद्ध गराएका हुन ।

राजमार्गमा रुख,ढुंगामुढा राख्नुका साथै स्थानीय टायर बालेर राजमार्ग अबरुद्ध गरेका छन् । फिक्कल गाउँपालिका–२ नवलपुर सामेबार दिउँसो काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४च९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तिनजना यात्रुसहित सुकोसी नदीमा वेपत्ता भएका थिए ।

वेपत्ताको मंगलबार बिहानबाट पुनः खोजिकार्य जारि राखिएको भएपनि हालसम्म केही पत्तो लाग्न सकेको छैन । चालकको लापरबाहीका कारण तिव्र गतिमा आएको बसले राजमार्गको छेउमा राकिएको कारलाई ठक्कर दिएको पीडितको आरोप छ । उनीहरूले बसका चालकलाई हदैसम्मको कारबाही, वेपत्ताको खोज तथा उद्धारमा तिव्रता दिन र वेपत्ताका परिवारलाई उचित क्षतिपूर्ति तथा राहात दिनुपर्ने माग गरेका छन् । घटना घटेको दुई दिन हुँदासम्म बसका मालिक र बस सञ्चालक समिति सम्पर्कमा नआएको भन्दै उनीहरूलाई वार्तामा झिकाउन समेत पीडित पक्षले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय