काठमाडौं । सूर्यविनायक नगरपालिकाले ५२ वटा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुका लागि एक दिने आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।
एक दिने अभिमुखिकरण कार्यक्रममा सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली तथा प्रशिक्षक रविन्द्र श्रेष्ठले ३ सय २० जना विद्यार्थी तथा शिक्षक शिक्षिकालाई प्रशिक्षण दिएका थिए ।



सूर्यविनायक नगरपालिकाअन्तर्गत लैंगिक तथा समाबेशिकरण शाखाको आयोजनामा भएको कार्यक्रममा वडा नंं १ देखि १० वटै वडामा रहेका संस्थागत विद्यालयका ५ जना किशोरीसहित शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
गत वर्ष २०८२ मा ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिएकोमा, यो वर्ष संस्थागत विद्यालयलाई मात्र दिइएको हो । अबका दिनमा किशोरी मात्र नभइ किशोरलाई पनि जनचेतनामुलक आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमा सहभागी गराउने योजना रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।



