स्पेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम सोह्रको पहिलो खेलमा स्वीट्जरल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।



स्पेनको जितमा एटाना बोनमाटीले दुई, अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक–एक गोल गरिन् । स्वीट्जरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन । अब स्पेनले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । आजै न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा भएको अर्को खेलमा नर्वेलाई ३–१ गोल अन्तरले हराउँदै एशियाली पावर हाउस जापानले पनि अन्तिम आठको यात्रा तय गरेको छ ।
जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् । अब जापानले सेमिफाइनल प्रवेशका लागि स्वीडेन र अमेरिकाबीचको विजेतासँग अगस्ट ११मा प्रतिस्पधा गर्नेछ ।



