स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा परी अन्य चार जना घाइते भएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका उद्धारकर्ताहरु बताएका छन् ।

आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन गर्न खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय