काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुग्नु भएका प्रधानमन्त्रीले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा गृहकार्य गर्ने बताउनु भएको हो । दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानको अवलोकन गर्नुको साथै त्यसको जानकारी दिनुभएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीब्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनु भएको छ । वि.सं. २०७८ असार १ गतेको बाढी र पहिरोले मेलम्ची आयोजनाको मुहानमा क्षति पुगेपछि मुहान क्षेत्र मर्मत गरेर पुनःसंचालनमा ल्याइएको थियो । काठमाडौं उपत्यकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय