हेटौडा, मकवानपुर: प्रहरीले मकवानपुरको रातोमाटे चेकपोइन्टबाट भारी मात्रामा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साउन ३१ गते बिहान ८:१५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले मनहरीबाट जितपुरतर्फ गइरहेको बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडीलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीको पछाडिको भागमा लुकाएर राखिएको ११ वटा पोकामा १२५ किलो गाँजा फेला परेको थियो।

गाडी चालक धादिङ, गल्दी गाउँपालिका वडा नं. ८ का ३१ वर्षीय राम बहादुर तामाङलाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङमाथि लागूऔषध कसुरमा मुद्दा चलाई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय