काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा आज काठमाडौंमा उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो ।




उहाँले चार्जिङ स्टेशन देशव्यापी रुपमा बिस्तार गर्ने योजना रहेको पनि बताउनु भयो । मन्त्री बस्नेतले चार्जिङ स्टेशन निर्माणसँगै विद्युतीय यात्रा मात्रै नभइ इलेक्ट्रिक भेइकलमार्फत हरित र दीगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।



