काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९-०८० मा ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १६२ वटा भ्रष्टाचारका मुद्दामा ७७६ जनाविरुद्ध मुद्दा दायर भएको हो यसमा ६ वटा संस्था पनि रहेको छ । १६२ मध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभ वा हानिसम्बन्धीत छ भने ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् । सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन् । भ्रष्टाचार मु्द्दा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणी, २१४ जना अधिकृतस्तर, १४४ जना छन् ।त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना छन् ।
विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी ३६ प्रतिशत मुद्दा संघीय मामिला मन्त्रालयको रहेको छ । स्थानीय तहका भ्रष्टाचार र भूमि व्यवस्था मन्त्रालयका भ्रष्टाचार पनि उत्तीकै रहेको आयोगले जनाएको छ । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।






