अन्तराष्ट्रिय सञ्चारमाध्यममा हरेक वर्ष नेपालका पर्यटकिय क्षेत्रहरुले स्थान पाउदै आएकाछन् त्यसै गरि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार विश्वका घुम्नैपर्ने विभिन्न स्थानमा यस पटक मुस्ताङलाई समेटेको समाचार प्रकाशीत गरेको छ।सिएनएनले शनिबार प्रकाशित गरेको एक सामग्री अन्र्तगत भ्रमणमा निस्कन चाहनेहरुकालागी घुम्नैपर्ने सूचीमा नेपाललाई पनि समावेश गरेको हो।

कोभिड अघिको तुलनामा ८० प्रतिशतको हाराहारीमा घुम्न निस्कनेहरूको संख्या विश्वव्यापी रूपमा बढिरहेको पनी सिएनएनले दावी गरेको छ।नेपालको मुस्ताङको बयान गर्दे सिएनएनले माउन्टेन ट्रेकिङको लागि प्रसिद्ध परौणिककालीन पदमार्ग रहेको समेत उलल्ख गरेको छ।
यसकासाथै मुस्ताङमा छिट्टै ‘सिन्तामणि’ रिसोर्ट खुल्न लागेको दावी समेत गर्दै यसले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरेको छ।

परम्परागत तिब्बतीयन घरको झल्को दिने यस रिसोर्टमा २९ वटा स्वीट रूम रहेको उल्लेख छ। यसले ग्रामीण पर्यटकीय स्थलमा समेत आरामदायी बस्न चाहनेलाई सहयोग पुग्ने उल्लेख गरेको छ।सिएनएनले मुस्ताङ पुग्ने पर्यटकलाई मानव निर्मित गुफाको भ्रमण नछुटाउन सुझाव समेत दिएको छ। दुई हजार वर्षअघिका बुद्धिष्ट पेन्टिङ र मूर्तिकलाको पनि यस गुफामा अवलोकन गर्न सकिने उल्लेख गरिएको छ।

सिएनएनकाअनुसार मुस्ताङ उपत्यका पुग्नु एक साहसिक यात्रा हुनेछ। यो क्षेत्र भ्रमणका क्रममा पर्यटकहरूले पुरातात्विक बस्ती र बुद्धिष्ठ गुम्बाहरू अवलोकन गर्न पाउने उल्लेख छ।काठमाडौंदेखि पोखरासम्म २५ मिनेट उडान र पोखरादेखि जोमसोमसम्मको २० मिनेट उडान गरेर त्यहाँ पुग्न सकिन्छ। त्यस्तै काठमाडौंदेखि सडकमार्ग हुँदै १२ घण्टामा पुग्न सकिने सिएनएनले जानकारी दिएको छ।

विश्वका घुम्नै पर्ने स्थानहरुमा सिएनएनले छानेका अन्य २२ पर्यटकीय स्थलमा पोल्याण्ड,लिभरपुल इंल्याण्ड,पश्चिमी अष्ट्रेलिया,चाल्सटोर्न दक्षिण क्यारोलिया,भिल्नियस लिथुआनिया,फिजी,मानौस ब्राजिल,थेसालोनिकी ग्रीस रहेका छन्।त्यस्तै,रूवाण्डा,गोटेनबर्ग स्वीडेन,रस अल खैमाह संयुक्त अरब इमिरेट्स,लाओस,स्वीट्जरल्याण्ड,मिनियापोलिस मिनेसोटा, बोगोटा कोलम्बिया,तान्जानिया,कायरो इजिप्ट,नावसिमा जापान,बेलिज,ओसाका मेक्सिको,ओटावा क्यानडा र युगान्डा पर्न सफल भएकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय