काठमाडौं । जेन–जीको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल, नयाँबानेश्वरको एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा एक–एक जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा एक सयभन्दा धेरै प्रदर्शनकारी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल, बानेश्वरको एभरेष्ट अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ । काठमाडौंमा भएको आन्दोलन उग्र भएपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरा, अश्रुग्यासका साथै रबरको गोली हानेको थियो ।

जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाए पनि काठमाडौंमा युवाहरूको प्रदर्शन रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय